• मंसिर १२ २०८१, बुधबार

नेकपाका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने कांग्रेस बैठकको निर्णय 

फाल्गुन १३ २०७७, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसले नेकपाका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने भएको छ ।

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले नेपाल कम्युनिष्ट पार्टीका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कानुनी रुपमा एउटै भएका कारण उनीहरुले आधिकारिकता प्राप्त नगर्दासम्म सहकार्य नगर्ने निर्णय गरेको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार सरकारमा सहभागी हुने–नहुने वा नेकपाको कुन समूहसँग गठबन्धन गर्ने भन्ने विषयमा छलफल नगरेको जानकारी दिए ।