काठमाडौँ। नेकपा दाहाल -नेपाल समूहका दुई अध्यक्षले जनता समाजवादी पार्टी, नेपालका नेताहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षरधर शक्ति सहकार्य गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका छन् ।
बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाका अध्यक्षद्वयले जसपाका नेताहरूसँगको सत्ता सहकार्यको विषयमा यस्तो छलफल गरेका हुन्।
छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग सहभागी रहेका थिए । अध्यक्षद्वयको प्रस्तावमा जसपाका नेताहरूले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएको बताइएको छ ।
यसअघि बुधबार अध्यक्षद्वयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा छलफल गरिसकेका छन् ।
प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै दाहाल – नेपाल समूहले दलहरूसँगको छलफललाई तीब्र बनाएको छ ।