• मंसिर १२ २०८१, बुधबार

अब मेरो राजीनामा माग्छन् होला तर सरकार निरन्तर रहन्छ : प्रधानमन्त्री ओली

फाल्गुन १२ २०७७, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको मंगलबारको फैसलापछि पनि आफ्नो काम निरन्तर रुपमा चलिरहने बताउनुभएको छ । बुधबार राजधानीमा आयोजित ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रममा ओलीले अब विरोधीले आफ्नो राजीनामा माग्न थाल्ने आशंका व्यक्त गर्दै सरकार निरन्तर चलिरहने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘अब भोलि पर्सीबाट राजीनामा माग्छन् होला। तर, सरकार निरन्तर रहन्छ। विकास र समृद्धि अगाडि बढिरहन्छ।’
उहाँले अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि पुष्पकमल दाहाल र माधवकुमार नेपालले लड्डु खाएको भन्दै अब उनीहरुले के पाउँछन् आफूले हेर्ने बताउनुभयो ।

उहाँले सर्वोच्चको फैसलापछि पनि आफ्नो देश विकासको संकल्पमा केही फरक नभएको र त्यस्तो हुन आवश्यक समेत नरहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले ल्याएको विकासको लहर देखेर कतिपय मानिस आत्तिएको समते आरोप लगाउनुभयो ।