काठमाडौं,देशभर थप ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ६९२ जनाको कोरोना परीक्षण गरिएकोमा थप ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय ३७ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ७१ जना निको भएर घर फर्किएका छन् ।योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६६ पुगेको छ ।