• बैशाख १७ २०८२, बुधबार

किलर रोबोटः प्राण घातक स्वायत हतियार सम्बन्धी भोलि कार्यक्रम हुँदै

फाल्गुन ११ २०७७, मंगलवार

काठमाडौं । लामो समयदेखि चर्चा चल्दै आईरहेको किलर रोबोटको विषयमा वृहत छलफलको लागि भोलि विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तित्वहरुसँग अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
शान्ति र लोकतन्त्रकोलागि महिला नेपाल (डब्लुपीडी नेपाल) को आयोजनामा भोलि किलर रोर्बाेटः प्राण घातक स्वायतक हतियार प्रणाली मानव जीवनकोलागि चूनौति विषयमा अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।
डब्लुपीडी नेपाल लगायत किलर रोबोट रोक्ने अभियान पचासभन्दा बढी देशमा रहेका नब्बेभन्दा बढी गैर–सरकारी संगठनको अन्तर्राष्ट्रिय गठबन्धन हो । यो अभियान सन् २०१२ को अक्टोबरमा गठन भएको थियो ।                                                              गठबन्धनले पूर्ण स्वचालित हतियारमाथि प्रतिबन्ध लगाउनु पर्ने विषयमा काम गरिरहेको छ । गठनबन्धनले शक्तिको प्रयोगमा महत्वपूर्ण मानवीय नियन्त्रण कायम राख्छ । गम्भीर कानूनी, सुरक्षा र नैतिक चाँसोका कारण, किलर रोबोट रोक्ने अभियानले विकास, उत्पादन र किलर रोबोटको प्रयोगको लागि आह्वान गर्दछ ।
संस्थाका अध्यक्ष शोभा श्रेष्ठका अनुसार उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न सरोकारवालाहरु सभासद, राजनीतिक दलहरु, सुरक्षाकर्मी, मानवअधिकारकर्मी, सञ्चारकर्मी, नागरीक समाज, शान्ति निर्माणका अगुवाहरुको सहभागिता हुने जानकारी दिनु भयो । भोलि हुने उक्त सामुहिक छलफल पछि प्राण घातक किलर रोर्वोटलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने निचोड समेत आउने अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । कार्यक्रम भोलि विहान १० बजेदेखि काठमाडौंमा सुरु हुनेछ ।