सर्वोच्च अदालतले प्रधानमन्त्री के पी ओलीको संसद विघटन गर्ने कदमलाई बदर गरेर संसद पुन:स्थापना गरिदिएपछि नेकपाको प्रचण्ड-माधव समूहका युवाहरुले खुसियालीमा राजधानीको माइतिघर मण्डलामा दीप प्रज्वलन गरेका छन्।
सर्चोच्च अदालतको फैसला गोल मिडिया खबरबाट सार्वजनिक भएसंगै सो समूह निकटका युवाहरुले दीप प्रज्वलन गरेको युवासंघका केन्द्रिय सदस्य तथा वाईसिएलका पुर्व केन्द्रिय सचिव गणेश शाहीले बताए।
दीप प्रज्वलन कार्यक्रममा युवासंघका नेताहरु सुवोध सिर्पाली, नरेश शाही,निर्मल महरा ‘एटम’ लगायतको सहभागिता रहेको थियो। यस्तै संसद पुन:स्थापना भएको खुसियालीमा देशभरि जिल्ला जिल्लामा साथै हरेक प्रदेशका राजधानीहरूमा पनि दीप प्रज्वलन गरिने युवासंघले बताएको छ।
हेरौ तस्विरहरु
मंगलवार सर्वोच्च अदालतले प्रधानमन्त्री के पी ओलीले गरेको संसद विघटनलाई बदर गर्ने फैसला गरेको थियो। गत पुष ५ गते ओलीले संसद विघटन गरेका थिए।