• मंसिर १२ २०८१, बुधबार

संसद पुनर्स्थापनासँगै ओली सरकार दुईतिहाईको सरकारमा पुनर्स्थापित

फाल्गुन ११ २०७७, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय गरेसँगै अल्पमत र काम चलाउका रुपमा रहेको ओली सरकार दुईतिहाई बहुमतको सरकारका रुपमा पुनर्स्थापित हुन पुगेको छ ।

संसद विघटनको विषयलाई लिएर सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरामा विभक्त हुँदा ओली सरकार अल्पमतको सरकारका रुपमा मानिन थालिएको थियो । त्यसो त संसद विघटन गरिएपछि ओली सरकार आफैमा काम चलाउ सरकारमा परिणत भैसकेको पनि थियो ।

संसद  पुनर्स्थापना हुनु आफैमा सरकारको पुनर्स्थापना पनि हो । अबको दुईतिहाईको सरकारले संसदमा खेल्नु पर्ने भूमिका राम्रोसँग निर्वाह गरेमा आपसी अन्तर्विरोध कम भएर जाने पनि देखिएको छ । यो प्रम ओली र दाहाल-नेपाल पक्षबीचको मन माझामाझमा भर पर्ने देखिन्छ । त्यसो त नेकपा अहिले पनि आधिकारिक रुपमा विभाजन भइसकेको छैन ।