पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको अदालतले नेपाली भष्मासुरको वध गरेको प्रतिक्रिया दिएका छन्।
भारत नयाँ दिल्लीको एक अस्पतालमा उपचाररत रहेकै वेला अस्पतालको शैयाबाटै पुर्व प्रधानमन्त्री भट्टराईले सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री के पी ओलीको कदमलाई बदर गरिदिएपछि सो प्रतिक्रिया दिएका हुन्।
ओलीका विभिन्न कदमहरुलाई भट्टराईले पहिलेदेखि नै तिव्र रुपमा विरोध गर्दै उनलाई भष्मासुरको संज्ञा दिंदै आएका थिए। भट्टराईले भनेका छन् “हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो।’
आफ्नो ट्वीटर ह्याण्डलबाट ट्विट गर्दै भट्टराईले सो धारणा व्यक्त गरेका हुन्।
मंगलवार सर्वोच्च अदालतले प्रधानमन्त्री के पी ओलीले गरेको संसद विघटनलाई बदर गर्ने फैसला गरेको थियो। गत पुष ५ गते ओलीले संसद विघटन गरेका थिए।