• मंसिर १२ २०८१, बुधबार

अदालतप्रति जनताको भरोसा बढ्यो: सभामुख सापकोटा

फाल्गुन ११ २०७७, मंगलवार

सर्वोच्च अदालतले संसद पुन:स्थापनाको पक्षमा फैसला गरेपछि प्रारम्भिक प्रतिक्रिया दिंदै सभामुख अग्नि प्रसाद सापकोटाले अदालतप्रति जनताको विस्वास बढेको प्रतिक्रिया दिएका छन्।

सापकोटाले भने ‘अदालतमाथि सवैको अन्तिम भरोसा थियो,जनताको मन भावना अनुसार सर्चोच्चले फैसला गर्ने गर्थ्यो संसद सम्बन्धी फैसलाले पनि अदालतप्रति जनताको विस्वास बढ्यो।’

मंगलवार सर्वोच्च अदालतले प्रधानमन्त्री के पी ओलीले गरेको संसद विघटनलाई बदर गर्ने फैसला गरेको थियो। गत पुष ५ गते ओलीले संसद विघटन गरेका थिए।