काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्वाचनमा जाँदा केही नेताहरूलाई राजनीति सक्किने छटपटी भएको बताएका छन्।
सोमबार बेदकोट नगरपालिका–२ स्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास क्रममा प्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा निरन्तर लागिरहने बताउदै भने- ‘देश बनाउनका लागि लोकतान्त्रिक आन्दोलन चलिरहन्छ’, उनले भने, ‘समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ।’
अदालतलाई धम्की नदिएको चर्चा गर्दै उनले न्यायालय र शक्ति पृथकीकरण सिद्धान्तमा विश्वास रहेको पनि बताए।
डिजिटल नेपाल बनाउन लागेको उल्लेख गर्दै उनले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले समेत गाउँमै कम्प्युटर र इन्टरनेट प्रयोग गरी शिक्षा आर्जन गर्ने बताए।