• असार १ २०८२, आईतवार

पुनः पक्राउ परेका नेता बास्तोला भन्छन्, ‘सरकार इमान्दार भए वार्ताका लागि तयार छौं’

फाल्गुन १० २०७७, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले रिहाको आदेश लिएपनि पुन पक्राउ पेरका विप्लव नेकपाका नेता धर्वेन्द्र बास्तोलाले सरकारले इमान्दारीपूर्वक प्रयास गरेमा आफूहरु वार्ताका लागि तयार रहेको बताएका छन् । वार्तामा बस्नु पूर्व सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने र कारागारमा राखिएका नेता र कार्यकर्तालाई रिहा गर्नुपर्ने उनको भनाइ रहेको छ । पुनः पक्राउ पर्नुअघि पत्रकारसित बोल्दै नेता बास्तोलाले यस्तो बताएका हुन् ।

पुस २७ गते ललितपुरबाट पक्राउ परेका बास्तोलालाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले भने उनलाई अदालतको परिसरबाटै  पक्राउ गरेको छ ।

आफ्नो पार्टी वार्ताद्वारा राजनीतिक समाधान निकाल्न तयार रहेको र यसबारे पार्टीमा छलफल भएर एजेण्डाहरु समेत तय भइसकेको उनको भनाई रहेको छ । बास्तोलाले भने, ‘यदि सरकारले वार्ता गर्ने हो भने हामी हाम्रो एजेण्डा राख्छौं ।’ वार्ता गर्छौं भन्ने तर पक्राउ गर्न नछोडेकाले सरकार समस्या समाधानमा कति गम्भीर हो भन्ने प्रश्न रहेको उनको बुझाइ रहेको छ ।