काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको छ।
मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले नेता बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो। तर, प्रहरीले सर्वोच्च अदालतको गेटबाटै नेता बास्कोटालाई पक्राउ गरेको हो।
फरक विचार र आस्था कारण पक्राउ गरेको देखिँदा निजलाई थुनामा राख्न उचित नदेखिएकोले आजै गैरकानुनी थुनाबाट मुक्त गरिदिनू भनी नेपालको संविधानको धारा १३३(२) र ९३० सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३७ बमोजिम वन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्दैै रिहा गर्न आदेश दिएको थियो।
नेता बास्तोलालाई पुस २९ गते प्रहरीले ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो।