काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल – नेपाल समूह समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेका छन्।
नारायणहिटी दरबार अगाडि भएको विरोध प्रदर्शनमा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर जुत्ता प्रहार गरेका हुन् ।
कार्यक्रममा उपस्थित विद्यार्थीले प्रधानमन्त्रीविरुद्ध नराबाजी पनि गरेका थिए।