काठमाडौं । मेलम्ची खाने पानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्री मणि थापा र शहरी विकास मन्त्री रामबीर मानन्धरले साेमबार संयुक्त रूपमा स्वीच थिचेर सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ गरेका हुन्
गत असारमा यो सुरुङमा पानी भरेर परीक्षण गर्दा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेको थियो । त्यसपछि मर्मत गरेर पुन सोमबार पानी छाडिएको हो ।