• बैशाख १७ २०८२, बुधबार

दश वर्षीया बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

फाल्गुन १० २०७७, सोमबार

डडेल्धुरा, डडेल्धुरामा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकले २ कक्षामा पढ्ने १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।

प्रहरीसमक्ष कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताएका छन् । उनका अनुसार बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको छ।

मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने उनले बताए।