• मंसिर १७ २०८१, सोमबार

सूर्य, चन्द्र र पृथ्वीको गति नाप्नका लागि बनाइएको थियो गिजाको पिरामिड

फाल्गुन ९ २०७७, आईतवार

संसार आफैमा आश्चर्यको खानी हो । पृथ्वीमा दुई प्रकारका आश्चर्य पाइन्छन् । पहिलो प्राकृतिक र दोस्रो मानव निर्मित । मानिसले सभ्याताको विकाससँगै आश्चर्यजनक कुरा निर्माण गर्ने गरेका छन् । कोही सुरक्षाका कारण, कोही विलासिताका कारण, कोही स्वर्गमा पुगिने आध्यात्मिकता विश्वासका कारण त अरु कोही देखाउन र तर्सानका लागि पनि बनाइएका छन् ।

आफैमा आश्चर्यको कुरा त के छ विश्वमा निर्मित यी कुरा एकअर्को देश वा महादेशमा सल्लाह गरेर निर्माण गरिएका होइनन् । यिनीहरुको निर्माण अवधि पनि फरकफरक छन् । तरिका पनि फरकफरक छन् । यिनीहरुको निर्माणमा आस्था, विधि र तरिका पनि फरकफरक छन् । यिनीहरुसँग जोडिएका कथा, व्यथा तथा किम्बदन्ती पनि भिन्न छन् ।

विश्वमा यस्ता मानव निर्मित आश्चर्यमध्ये एक हो- मिश्र भनिने देशमा रहेको गिजाको पिरामिड । यो पिरामिड अहिले विश्वको निकै आकर्षक पर्यटकीय स्थल बनेको छ । यस्ता आश्चर्यका कुरा अध्ययनको एउटै मालामा उनेर हेर्ने र अनुसन्धान गर्ने काम भैरहेको छ । विश्वमा यस्ता आश्चर्यहरुले मानिसलाई एकै ठाउँमा ल्याउने र आ-आफ्ना संस्कार तथा संस्कृतिका वारेमा विश्व जगतलाई परिचित गराउने काममा सहयोग गरिरहेका छन् । भिन्न संस्कार तथा संस्कृतिका हिसाबले पनि एक अर्कामा परिचित हुने र गराउने गरेका छन् ।

संसारमा भएका यस्ता अनौठा र आश्चर्यका कुराले देशविदेशमा मानिसको आउजाउ बढ्नुका साथै संसारमा अन्तरघुलन पनि बढिरहेको छ । यो स्थानीय तथा जानिआएकाका लागि देखिरहेको र कुनै महत्व नभएको कुरा हुन सक्छ । तर टाढाटाढा बाट आएकाका लागि भने यो तीर्थ नै हुन्छ । गिजाको पीरामिड पनि यसको नमूना उदाहरण हो । यसलाई विश्वमा ‘ग्रेट गिजा पिरामिड’ भनेर चिनिन्छ । किनकि, ससाना पिरामिड विश्वमा अन्यत्र पनि प्रशस्तै रहेका पाइन्छन् ।

यो विश्वको सबैभन्दा पुरानो पिरामिड हो । समयका हिसाबले यो २५६० ईशापूर्व बनाइएको थियो । यो ३,८०० वर्षदेखि नै विश्वको चर्चामा रहँदै आएको छ । यो विश्वमा ठूलो मात्र होइन, सबैभन्दा अग्लो पनि रहेको छ । यसको लम्बाइ ४८१ फुट अथवा १४६ मिटर रहेको छ । पिरामिडको आधार वा जग भने ५५,००० अर्थात् ५,९२,००० स्क्वायर फुट रहेको छ । यसको एउटा कुना मात्र पनि २०,००० स्क्वायर मिटर अथवा २,१८,००० स्क्वायर फुट रहेको छ । यो पिरामिडको अर्को आश्चर्यको पाटो पनि छ । त्यो हो, यसलाई चन्द्रमाबाट पनि देख्न सकिन्छ । चन्द्रमाबाट देखिने मानव निर्मित कुराहरुमा चीनको ग्रेटवालसहित मिश्रमा रहेको यो गिजाको पिरामिड पनि हो ।

यसको निर्माणमा २३,००,००० ठूला र कुदिएका पत्थर प्रयोग गरिएका छन् । प्रयोग गरिएका पत्थरको तौल ५० टनसम्म रहेको छ । यो मानव निर्मित कुराहरुमा अलि बढी नै चर्चामा आएको स्मारक पनि हो । इजरोयलको पहाडबाट पनि यसलाई मजासँग देख्न सकिन्छ । यसमा २.३ मिलियन लाइमस्टोन तथा ग्रेनाइट पत्थरको प्रयोग गरिएको छ ।

यो पिरामिडमा प्रयोग गरिएको सबैभन्दा ठूलो ढुंगा वा पत्थर राजाको आफ्नै च्याम्बरबाट लिइएको थियो । यसको तौल ८० टन थियो । यस अतिरिक्त ५० देखि ७५ टनसम्मका  अरु पत्थर यही च्याम्बरबाट लिइएका थिए । राजा फराओ कुफूको शासन कालमा उनले नै बनाएको यो पिरामिड बनाउँदा त्यहाँका स्थानीय जनताको श्रम प्रयोग गरी १० देखि २० वर्षसम्म लगाइएको थियो । ग्रेट पिरामिडमा प्रयोग गरिएका ढुंगा कम्प्यूटरजस्ता आकारका छन् । यी सबै गणितीय कोणमा बनेका पाइन्छन् । यसको आध्यात्मिक अर्थ र ज्योतिषिय मापन रहेको पनि भनिन्छ । प्रयोग गरिएका पत्थरकोे किनाराको लम्बाइ, उचाइ और कोणिक नाप निकै आशचर्य लाग्दो छ ।

ग्रेट पिरामिडमा अर्को पनि आश्चर्य लुकेको छ । त्यो हो यी पत्थरहरुको प्रयोग यसरी गरिएको छ कि तिनीहरुको कारणले ग्रेट पिरामिडभित्र सधैं वातानुकुलनको अवस्था रहिरहेको हुन्छ । भित्री तापमान पृथ्वीको औसत तापमान बराबर रहिरहेको हुन्छ । पृथ्वीको औसत तापमान २० डिग्री सेल्सियस रहने गरेको मानिन्छ । सबै भन्दा बढी त मानिस र यात्री तथा पर्यटक के कुरा थाह पाएर दिक्क र अचम्भित हुन्छन् भने यति ठूला ढुंगा कहाँबाट ल्याइएका होलान् ?

आजभोलि हामीकहाँ भूकम्पको जगजगी छ । जनतामा निकै त्रास र भयले काम गरिरहेको छ । मिश्रको पिरामिडमा चारैतिर यति ठूलाठूला चट्टान राखिएको छ कि जति नै शक्तिशाली भूकम्पले पनि यसलाई ध्वस्त पार्न सक्दैन । कुनै पनि खाले कम्पन र भूंकपबाट यो सुरक्षित छ । मिस्रवासी यो पिरामिडको प्रयोग अन्तरीक्ष, सूर्य, चन्द्र पृथ्वीको गति तथा परिवर्तन मापनका लागि प्रयोग गर्दथे र अहिले पनि गरिरहेका छन् । यो त अन्तरीक्षको प्रारुप पनि हो । पिरामिड आफैमा गणित र खगोलीय शास्त्रको व्यवहारिक प्रयोग पनि हो । यसको गणितीय जन्मकुंडलीको अर्थ र परिभाषा पनि छ ।

कतिपयले त यो पिरामिड पृथ्वीका मानिसले नबनाई अन्य ग्रहका मानिसले बनाएको भनेर झन् आश्चर्यमा पारिरहेका छन् । समयका हिसावले यो पिरामिड २,५८० विसीदेखि २,५६० विसीका विचमा बनाइएको थियो । समयका हिसावले यो पिरामीड २,५८० विसीदेखि २,५६० विसीका विचमा बनाइएको थियो । पिरामिड निर्माणको यो मितिबाट गणना गर्ने हो भने गिजाको पिरामिड आजभन्दा साढे चार हजार वर्ष भन्दा पुरानो मान्नु पर्छ ।