• बैशाख १७ २०८२, बुधबार

कोरोना सङ्क्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु

फाल्गुन ९ २०७७, आईतवार

काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा यस साता थप एक नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार बेलायतमा एक जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ ।

सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार हिजो शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १२० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।