• मंसिर १२ २०८१, बुधबार

प्रचण्डको पछाडी लाग्नु मृतक हुनु हो शहीद हुनु होइन : बालकृष्ण ढुंगेल

फाल्गुन ८ २०७७, शनिबार

काठमाडौँ। संविधान सभाका सदस्य बालकृष्ण ढुंगेलले जनतालाई प्रचण्डको पछाडी नलाग्न आग्रह गरेका छन् । नेकपा ओली समूहद्वारा आज विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ढुङ्गेलले प्रचण्डको पछि लाग्दा मानिस मृतक मात्रै हुने र शहीद हुन नसक्ने भन्दै उनले १० वर्षे जनयुद्धमा रगत बगाएका योद्धाहरुलाई शहीद नबनाएर मृतक मात्र बनाएको हुनाले उनको पछाडी लाग्नुको कुनै अर्थ नभएको समेत बताए । ‘झुपडी र आँगन छैन, मर्दा पोल्ने चिहान छैन’ भन्ने कविताबाट आफ्नो मन्तव्य शुरु गरेका सो समूहका केन्द्रिय सदस्य ढुङ्गेलले नेपाली जनतालाई भेडा र हुल हुज्जत गर्ने मानिस मात्र नसम्झन प्रचण्डलाई चेतावनी समेत दिए ।

देशमा कुनै प्रतिगमन नभएको भन्दै ओलीको कदमले संविधानको कुनै पाना नच्यातिएको र कुनै अक्षर समेत नमेटिएको धारणा व्यक्त गरे । प्रधानमन्त्रीले नेपालको नक्सामा लिपुलेक र लिम्पियाधुरा समेतको भूगोल समेटेर नयाँ नक्सा प्रकाशित गरेपछि देश विरोधीहरुको निद हराम भएको बताए । कविताबाट आफ्नो मन्तव्य शुरु गरेका ढुंगेलले यो ‘देशको निम्ति म मर्न नसके, जनताको निम्ति केहि गर्न नसके  म बाचेर पो के भो, म मरेर पनि के भो’ भन्ने कविताबाटै भनाई अन्त्य गरेका थिए ।