काठमाडौँ । ‘टुँडिखेल जनताको हो’, ‘प्रतिगमन मुर्दावाद’, ‘अरु कुरा जान्दैनौ ओली सरकार मान्दैनौ’, ‘गणतन्त्र जिन्दावाद’ भन्ने भन्ने खालका नाराहरु लगाउदै बृहत् नागरिक आन्दोलनले शुक्रवार दिउसो टुँडिखेल मार्च गरेको छ।
शान्तिवाटिका,शंखधर साख्वा पार्क अगाडीबाट प्रदर्शन शुरु भएर भद्रकाली,शहीदगेट,नेपाल एयरलाइन्स कार्यालय अगाडी हुदै प्रदर्शनकारीको जुलुश संकटा मन्दिरमा गएर सभामा परिणत भएको थियो।
टुँडिखेलभित्र प्रवेश गर्ने सबै द्वारहरुमा ताला लगाएर ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको कारण सो जुलुश टुँडिखेलभित्र जान पाएन। आजै नागरिक आन्दोलनले आफ्नो घोषणा पत्र समेत जारि गरेको छ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री के पी शर्मा ओलीको कदमलाई प्रतिगमन भन्दै नागरिक आन्दोलनले निरन्तर आन्दोलन गर्दै आएको छ। हेरौ तस्विरहरु