काठमाडौँ । प्रतिनिधि सभा विघटन विरुद्ध नागरिक समाजले आज टुँडिखेल मार्च गरेको छ । मार्च दिउँसो दुई बजेदेखि शान्तिवाटिकाबाट शुरु भई भद्रकाली, शहीद गेटहुँदै पश्चिम गेटबाट टुँडिखेल प्रवेश गरेको थियो ।
मार्चको नेतृत्व नागरिक अभियन्ता युग पाठक, खगेन्द्र संग्रौला, नारायण वाग्ले लगायतले गरेका थिए । मार्चपासमा सहभागीहरुले नागरिक आन्दोलन जारी छ, ओलीतन्त्र टिक्दैन, सन्की प्रधानमन्त्री चाहिँदैन, यस्तो पाराले देश चल्दैन, आयो आयो आयो नागरिक शक्ति आयो, टुँडिखेल जनताको हो जस्ता नाराहरु लगाएका थिए ।
आजै नागरिक घोषणा सभाबाट विभिन्न विषय समेटिएको घोषणा पत्र पनि जारी गर्ने कार्यक्रम छ ।