रामेछापको मन्थली नगरपालिका वडा नं १ मच्छेडाँडीमा आज विहान बस दुर्घटना हुँदा १८ जना स्कुले बालवालिकाहरु घाइते भएका छन्।शुक्रवार बिहान सालुबाट मन्थलीतर्फ जाँदै गरेको बा५ख २८५७ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रहरीका अनुसार मन्थलीमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सेतिदेवी मावि विद्यार्थी र स्काउटको टोली चढेको गाडि दुर्घटना भएको हो ।
घाइतेहरु सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको र अवस्था समान्य रहेको अस्पतालले जनाएको छ।
बसमा सवार ५३ जना मध्ये १७ जना घाइते भएका हुन्। बसमा अधिकांश स्कुले बालवालिकाहरु रहेका थिए।
बस तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको जनाएको छ। एक्कासी ब्रेक लगाउँदा बस सडकमा नै पल्टिएको थियो। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।