• बैशाख १७ २०८२, बुधबार

प्रधानमन्त्रीलाई नै मुद्धा हाल्ने प्रचलन नियन्त्रण गर्नुपर्छः प्रम ओली

फाल्गुन ६ २०७७, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले लोकप्रियताका लागि प्रधानमन्त्रीलाई मुद्धा हाल्ने प्रचलन नियन्त्रण गर्नुपर्ने बताएका छन् । बिहीबार सर्वोच्चमा पेस गरेको लिखित जवाफमा प्रधानमन्त्रीले आफूले अदालतको मानहानी नगरेको जिकिर गर्दै अदालतप्रति आफ्नो उच्च सम्मान रहेको बताए । मौलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिएको भन्ने रिट निवेदकको दाबी निराधार भएको समेत प्रधानमन्त्री ओलीले बताए । उनले आफ्नो लिखित जवाफमा भनेका छन्, ‘यस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यासी कायम गरी मुद्दा गर्ने जुन आम प्रचलन देखिन्छ, त्यसमा भने नियन्त्रण गर्न जरुरी देखिन्छ ।’

उनले यस्ता निवेदनले प्रधानमन्त्री र सर्वोच्च अदालतको समयमात्रै खेर जाने उल्लेख गर्दै अपहेलना मुद्धा खारेज गर्न पनि माग गरेका छन् ।