• बैशाख १७ २०८२, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली सर्वौच्च अदालतमा

फाल्गुन ६ २०७७, बिहीबार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सर्वोच्च अदालतमा पुगेका छन् ।अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेशअनुसार ओली आफै लिखित जबाफ बोकेर सर्वोच्च अदालत गएका हुन् ।

प्रधानमन्त्री ओलीले माघ नौ गते आफ्ना कार्यकर्ताको भेलामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको थियो।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व-प्रधानन्यायधाीशहरू तथा पूर्व-सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

चार पूर्व-प्रधानन्यायाधीशले यसअघि नै अदालत गएर म्याद बुझी लिखित जवाफ पेश गरिसकेका छन्।