काठमाडौं, देशभर थप १ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ८३८ जनाको कोरोना परीक्षण गरिएकोमा थप १ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ०७० पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ६२१ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ९१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।