• बैशाख १७ २०८२, बुधबार

भागरथी हत्या प्रकरण : दोषी पत्ता लगाउने डिआइजीसहितको टोलीलाई फुलमाला लगाएर विदाइ

फाल्गुन ५ २०७७, बुधबार

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ गर्न सफल भएको भन्दै स्थानीयवासी र गाउँपालिकाले सुदूरपश्चिप्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहितका प्रहरीलाई फूलमाला लगाएर विदाई गरेका छन् ।

भागरथीहत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी,एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायत थिए ।

घटनाको अनुसन्धानगर्न डीआईजी सुवेदी सहितका प्रहरी रातदिन निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्तालगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला पहिर्याएर प्रहरी टोलीलाई विदाई गरेको दोगडाकेदार गाउँपालिका–३, का वडा अध्यक्ष चन्द्रदेव जोशीले बताए ।

भागरथी हत्या आरोपमा प्रहरीले मङ्गलबार राति गाउँकै दिनेश भट्टलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्नप्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टे बस्नेकिशोर दिनेश भट्ट भागरथीसँगै सनातनधर्म माविमाकक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् ।

मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्लाप्रहरी कार्यालय ल्याईएको छ । किशोरलाई आजै सार्वजनिकगरिने प्रहरीले जानकारी दिएको छ ।

प्रहरी स्रोतकाअनुसार ती किशोरले विद्यालयबाट घर फर्कदाभागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।पारिवारिक रिसईवीका कारण हत्या गरेको उनले प्रारम्भीक बयानदिएका छन् ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी१७वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकीथिईन् । भागरथीको शबभोली पल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलमा फेला परेको थियो ।