पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाको बाह्रौ साधारण सभाको अबसरमा १८ जना पत्रकार पुरस्कृत भएका छन् । जिल्ला शाखाको साधारण सभाको अवसरमा शाखामा स्थापना भएका विभिन्न पुरस्कार उनिहरुलाई पुरस्कृत गरिएको हो ।
उत्कृष्ट पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार र देव पचभैया र २०७७ बाट बासुदेब ढकाललाई दोसला र प्रमाणपत्रले सम्मान गरेको हो ।
सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सन्तोष बस्याल, रमादेवी अर्याल, भुवन रायमाझी र विजयकुमार बौडेल, ग्रामीण पत्रकारिता पुरस्कार बाट बन्दना पोखरेल, इमान सिं राना, मानवअधिकार पत्रकारिता पुरस्कारबाट विरेन्द्र घिमिरे, देवीभक्तचोलाकुमारी सामाजिक पत्रकारिता पुरस्कारबाट अनिल लिगल, सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट तुल बहादुर थापा र लेखनवृत्ति प्रोत्साहन पुरस्कारबाट यज्ञमुर्ति तिमिल्सिना, मुक्तिप्रसाद न्यौपाने, डोल बहादुर वि.क., दिपक भट्टराई, दयाराज न्यौपाने, विष्णु प्रसाद घिमिरे र भोजराज तिमिल्सिना पुरस्कृत भएका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पुरस्कार वितरण गर्नुहुदै पत्रकारको हितको लागि महासंघ सदैब लडेको बताए। नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षता र सचिब किरण कौशलको संचालनमा कार्यक्रम चलेको थियो ।