बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट नियन्त्रण गरिएकाे हाे । प्रहरी स्रोतका अनुसार उनी सार्वजनिक पदमा रहेका व्यक्ति हन् । उनलाई कञ्चनपुरबाट समातेर बैतडी ल्याइएको थियो ।
स्रोतका अनुसार उनी २१ माघमा अपराधस्थल वरपरी देखिएका थिए । खोचलेक बजारमा उनले भागरथीको पिछा गरेको देखिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनको घरमा भागरथीको मोबाइलको ब्याट्री फेला पारेको थियो ।
उनको शारीरको विभिन्न भागमा चिथोरिएको जस्तो चोट देखिएको छ । तर उनले रुखबाट लडेर घाउ भएको दाबी गरेका छन् । चिकित्सकले भने रुखबाट लडेको जस्तो नदेखिने बताएका छन् ।
शंकास्पद व्यक्ति पक्राउबारे सोध्दा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंह भने प्रहरी अनुसन्धान निचोडतर्फ उन्मुख भएको बताउँछन् ।