• फाल्गुन २४ २०८२, आईतवार

कांग्रेस सभामा ढुंगा प्रहार हुँदा नेता साउद घाइते

फाल्गुन ४ २०७७, मंगलवार

काठमाडौ । बैतडीको डिलासैनी पनसेरामा कांग्रेसले आयोजना गरेको सभामा ढुंगा प्रहार भएको छ । सभामा ढुंगा प्रहार हुँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका छन्।

नेकपा ओली समूहका स्थानीय कार्यकर्ता मुकेश पालको नेतृत्वमा आएको टोलीको ढुंगा प्रहारबाट साउदको खुट्टामा चोट लागेको छ।
ढुंगा लागेर कांग्रेस अन्य दुइ कार्यकर्ता पनि घाइते छन्।