• मंसिर १२ २०८१, बुधबार

कपिलवस्तुमा कांग्रेसद्धारा प्रधानमन्त्री ओलीको असंंवैधानिक कदम विरुद्ध विरोध सभा

फाल्गुन ३ २०७७, सोमबार

– नारद कोहार
कपिलवस्तु । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा विरोध सभा गरेको छ ।                                  तौलिहवा स्थित बुद्धपदम उमाबिको मैदानबाट प्रशासन चोकसम्म र्याली निकाली ओली सरकार विरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।
सो अवसरमा नेपाली कांग्रेस केन्द्रिय सदस्य अतहर कमालले ओली प्रधानमन्त्री भए देखि अधिनायकबाद तर्फ उन्मुख भएको बताए । राज्यको हरेक संयन्त्रमा कब्जा गर्दै ओलीले निरंकुशता ल्याउन उद्दत रहेको उनले बताए । संबैधानिक ओयोगहरुमा ओलीले कब्जा गरेर संघीयता नै खारेज गर्नै तर्फ लागेको बताए । न्यायलय, निर्वाचन आयोगलाई दबाव दिएर ओलीले सबै क्षेत्रमा कब्जा गर्न खोजेको बताए । ‘ओलीले लोकतान्त्रिक संबिधानलाई नै खारेज गर्न लागेका छन, त्यसैको बिरोध गरी संबिधानको रक्षा गर्न कांग्रेसले यो कार्यक्रम गरेका हो ।’ उनले भने ।
कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाहले सिमा नाकामा आवतजावत रोकेर ओली सरकारले जनतलाई अनावश्यक दुःख दिएको बताए । उनले ओलीले जति ठुलो प्रयास गरे पनि असफल हुने भन्दै अन्तिममा जनता कै जित हुने उनले बताए । उनले केही दिन अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेकपाले जित्ने भन्दै बुटवलमा भनेको प्रति आपत्ति जनाउदै त्यहा कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे ।
अर्का केन्द्रिय सदस्य राजेश सिंहले ओलीले आफनो पार्टीको झगडा मिलाउन नसकेर आफनो स्वार्थका लागि ससद बिघटन गरेको बताए । उनले बर्तमान सरकारले निर्वाचनको नाटक गरेर सत्ता लम्बाउने खेलमा लागेको बताए ।

सो अवसरमा पार्टी जिल्ला सभापति सुरेन्द्र राज आचार्यले कम्युनिष्ट सरकारले मुकुलको निशान दिन नसक्ने बताए । ओलीको दुई तिहाई सरकार भष्ट्राचारमा लिप्त रहेको र अहिले आधिकारिक रुपमा विभाजित नभए पनि शक्ति प्रर्दशनमा लागेको बताए । उनले कांग्रेसले मात्र मुलुकमा स्थितिा र विकास दिने दाबी गरे ।
कार्यक्रममा पुर्व पार्टी सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, महिला संघकी केन्द्रिय सदस्य ईन्दिरा भट्टराई, तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेबि संघका जिल्ला सभापति राकेश पाण्डेय लगायतले मन्तब्य दिएका थिए । कार्यक्रम पार्टी सभापति आचार्यको अध्यक्षता र प्रकाश घिमिरेको संचालनमा भएको थियो ।