काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर आफू उल्टो बाटोतर्फ नलागेको बताएका छन्। सोमबार सिंहदरबारमा आफ्नो तीनवर्षे कार्यकालको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले जनताले आफूप्रति गरेको विश्वास र जनताका बीचमा आफूले गरेका कबुल पूरा हुन नदिएपछि आफूले ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।‘मैले बैशाख १७ र २७ मा निर्वाचन गर्छु भनिरहेको छु, आयोग त्यसको तयारीमा छ,’ उनले भने, “कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरु राजनीति गर्नुहुन्छ कि ज्योतिषशास्त्र पल्टाउनुहुन्छ ? हामी उल्टो बाटोतर्फ फर्किएका छैनौँ ।”
सरकार बनाउन र ढाल्न विगतमा के के गरिए भन्नेतिर आफू जान नचाहेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले अहिले आफू जनताको मत लिएर सरकार बनाउन जाऔं भनेर लागिपरेको बताए ।