• मंसिर ११ २०८१, मंगलवार

बालबालिकाको कपालमा पर्ने चाँया कसरी हटाउने ?

फाल्गुन २ २०७७, आईतवार

काठमाडौं । कपालमा चाँया पर्नु एक आम समस्या हो । यसबाट बालबालिकादेखि वृद्धवृद्धा सबै प्रभावित बनिरहेका हुन्छन् ।

व्यक्तिगत सरसफाई गर्न सक्ने व्यक्तिको कपालमा चाँया पर्दा खासै समस्या हुदैन । तर बालबालिकामा यस्ता समस्या देखिएमा अभिभाबकहरु चिन्तित हुने गर्छन् । अभिभावकहरु बालबलिकाको कपालमा चाँया पर्ने समस्याबाट छुटकारा पाउनका लागी हरेक तरिकाहरु अपनाइरहेका हुन्छन् । कतिपय बालबालकिाहरुमा जति गर्दा पनि कपालको चाया जादैँन । बिशेषज्ञहरुका अनुसार केटोकोनाजोल र सेलिनियम सल्फाइड सेम्पुको प्रयोग गरेमा चायाँबाट छुटकारा पाउन सकिन्छ ।

त्यस्तै बालबालिकालाई नुहाइदिदाँ कपाल काइयोले कोरिदिने, केटोकोनाजोल र सेलिनियम सल्फाइड सेम्पुले कपाल मसाज गरिदिने, पाँच मिनेट पछि कपाल पखालिदिने गरेमा कपालमा पर्ने चायाबाट राहत पाउन सकिन्छ ।

बिशेषज्ञको अनुसार बालबालिकाको कपालमा चाया हराएपछि फेरी हुन नदिन नर्मल बेबि सेम्पुलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिन्छ ।