काठमाडौं । भालुको पित्त अवैध रूपमा बिक्रीवितरण कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकास्थित विष्णुमति चोकबाट संखुवाशभाका ३२ वर्षीय विगुन राईलाई पक्राउ गरेको हो ।
अभियुक्त राइको साथबाट १०३ ग्राम भालुको पित्त फेलापरेको र उनमाथि आवश्यक अनुसन्धान कारवाही भइरहेको प्रहरीले जनाएको छ ।