• बैशाख १७ २०८२, बुधबार

विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले दिइन् प्रहरीमा जाहेरी

फाल्गुन २ २०७७, आईतवार

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंग बस्नेतविरुद्ध जाहेरी दिएकी छिन् ।

म्याग्दीकी १८ वर्षीया सपनाले आइतबार बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा अभद्र व्यवहारको मुद्दामा जाहेरी दिएकी हुन् ।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि सपनाले आइतबार काठमाडौं परिसरमा जाहेरी दिएको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आएका थिए । सोही क्रममा केही महिनाअघि उनीहरुबीच तिक्तता आएको थियो ।