काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका३ खुरखुरे फाँटाकी १२ वर्षीया बालिका सुमित्रा विकको भारतको विहारराज्यस्थित मोतिहारी जिल्लाको चैनपुरमा माघ ८ गते बलात्कारपछि हत्या भयो । घटनाको प्रमाण मेटाउन अपराधमा संलग्न व्यक्तिहरुले जर्वजस्ती दबाब दिँदै बालिकाको शवलाई जलाउन लगाएको पीडित परिवारको आरोप छ । बालिको मृत्यु रहस्यमय देखिन्छ । चुकुल लगाएको कोठाभित्र बालिकाको मृत शरिर भेटिएको छ ।
‘बालिकाको खुट्टाको एउटा बाहुला खोलिएको अवस्थामा थियो, घाँटीमा निलडाम देखिएको र छिटो छिटो शव जनाउन स्थानियले दिएको दवाबबाट पनि घटना घटाइएको प्रष्टिन्छ’ मृतककी दिदि लक्ष्मीदेवी विकले भनिन् ।
‘बहिनीको मृत्युपछि आमाबुबालाई पनि डरत्रास र धम्की दिइएको छ । मृतक बालिकाको शव मृतककी नेपाल भएकी आमा आएपछि जलाउने भन्दा पनि भारतका घरबेटी लगायत उनका आफन्तहरुले मानेनन् । बालिकालाई जलाएपछि त्रासले नेपाल फर्किएका आफन्त कर्णबहादुर सोनीले भने उल्टै घरबेटीले अर्को दिन कोठा खाली गराए । खाली कागजमा मृत्युका बारेमा हस्ताक्षर गराएर शव जनाउन लगाए । पछि खाली कागजमा चिसोका कारण बालिका मरेको भन्ने लेखिएको थियो । सोनीले थपे’ स्थानियको दबाबले आफूहरु निरिह बन्नुपर्यो । प्रमाणहरु राख्न पाएनौं ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।