• बैशाख १७ २०८२, बुधबार

भागरथी हत्या प्रकरणः फेला परेन कुनै सुराक, निर्मला प्रकरण जस्तै हुने आशंका

फाल्गुन १ २०७७, शनिबार

काठमाडौँ । कन्चनपुर  भीमदत्त नगरपालिका–१८,   महेन्द्रनगरकी   १३   वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई वर्ष पुग्न लागेको छ । यो अवधिमा प्रहरीले निर्मला  हत्या  घटनाका  दोषीसम्बन्धी  सुराक  पत्ता लगाउन सकेको छैन ।

दुई  वर्षअघि  २०७५  साल  साउन  १०  गते बिहीबार  निर्मलाको  बलात्कारपछि  हत्या  गरिएको अवस्थामा उखुबारीमा  शव  फेला  परेको  थियो । निर्मला  हत्या  घटनामा  संलग्न  व्यक्तिको  पहिचान र   पक्राउका   लागि   विशेष   प्रहरी   परिचालन भइरहेकै अवस्थामा  बैतडी  दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागरथी भट्टको हत्या भएको छ ।

माघ २२ गते बिहीबार भागरथीको बलात्कारपछि हत्या गरिएको  अवस्थामा जङ्गलमा शव भेटिएको होध्र यस घटनामा संलग्न व्यक्तिका सम्बन्धमा  प्रहरीले  कुनै  सुराकसमेत  फेला पार्न सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।