काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नयाँ दिल्लीमा उपचार सुरु भएको छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि आज बिहान नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री खनालको अपोलो अस्पतालमा उपचार सुरु भएको दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिएका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि श्रीमतीसहित दिल्ली पुगेका खनालको राजदूत आचार्यले स्वास्थ्य लाभको कामना गरेका छन् ।