बालिका बलात्कारमा संलग्न रहेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको हो ।
धनुषाको लक्ष्मिनिया गाउँपालिकाकी १३ वर्षीया बालिकालाई गत असारदेखि पटक-पटक जबरदस्तीकरणी गरेको आरोपमा स्थानीय शम्भु भन्ने ओमनारायण यादव र घटनामा सघाएको आरोपमा महिला मुस्कान खातुनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
पीडितकै घरमा डेरागरी बस्दै आएकी मुस्कानले बालिकालाई आफ्नो कोठामा सुताउँदै आएकी थिइन् । सोही क्रममा अभियुक्त भनिएका ओमनारायणलाई घरमा बोलाई जबरदस्तीकरणी गर्न सघाएको प्रहरीको भनाइ छ ।
बालिका गर्भवती भएपछि घटना सार्वजनिक भएको र पीडितको जाहेरीको आधारमा आरोपितहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाट्टले जानकारी दिए ।