• बैशाख १७ २०८२, बुधबार

पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना सङ्क्रमण

माघ ३० २०७७, शुक्रबार

काठमाडौं, देशभर थप १ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार जनाको कोरोना परीक्षण गरीएकोमा १ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ७०७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ सय ३६ जना निको भएर घर फर्किएका छन् ।योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।