• बैशाख १६ २०८२, मंगलवार

पर्सामा बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी घाइते

माघ ३० २०७७, शुक्रबार

पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।

घाइते हुनेमा २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव रहेको प्रहरीले जनाएको छ । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा उनीहरुबीच झडप भएको थियो । भारतीयहरुले लाठि, भाटा, बेल्चा तथा ढुङ्गाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । साथै नियन्त्रणमा लिएका ट्याक्टर पनि भारतीयहरुले खोसेर लगेका छन्।

ओरिया खोलामा वर्षौदेखि नेपाली भूमिमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरी लैजाने गरे पनि सुरक्षा निकायले रोक्न सकेको छैन ।

भारतीय बालुवा तस्करसँग यसअघि पनि पटक-पटक विवाद र झडप भइसकेको छ । उत्खनन रोक्न खोज्दा भारतीयहरुले सुरक्षाकर्मीलाई नै कुटपिट गर्ने, हतियार खोस्ने जस्ता कार्यहरु गर्दै आएका छन् ।