• बैशाख ९ २०८२, मंगलवार

वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान

माघ ३० २०७७, शुक्रबार

काठमाडौँ। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

नेता खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन् । नेता खनाल स्वास्थ्य जाँचका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ। उनी स्वास्थ्य जाँच गराएर सोमवार नेपाल फर्किनेछन् ।