• बैशाख १७ २०८३, बिहीबार

तीन सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणको सम्झौता

माघ २९ २०७७, बिहीबार

काठमाडौंं ।  सेतो मच्छिन्द्रनाथ मन्दिर, बूढानीलकण्ठमा धर्मशाला र कुमारी छेँ निवासको संरक्षण, सबलीकरण र निर्माण गर्नको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजनाले बिहीबार निर्देशक तथा ठेकेदारहरुसँग तीन वटा ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारतीय राजदूतावासको विकास साझेदारी एंव पुनर्निर्माण विभागका प्रमुख, परियोजना, परामर्शदाता इन्टच, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा अन्य साझेदारहरुको उपस्थितिमा ठेक्का सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यी तीन परियोजना भूकम्पपछिको संरक्षण तथा पुन:स्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौताअनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदाहरु पुनर्निर्माणमध्येका हुन् ।

नेपालका ८ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि भारत सरकारले प्रतिबद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरु कार्यान्वयन अवस्थामा रहेको जनाएको छ ।