काठमाडौं । नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेकाे हो । नेतृ झाँक्रीले अबदेखि त्यस्तो अभिव्यक्ति नदिने बताएपछि प्रहरीले अन्तिम चेतावनी दिँदै उनलाई रिहा गरेको बताइएको छ ।
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह आफ्नै निवासबाट पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।