• बैशाख १६ २०८२, मंगलवार

प्रधानमन्त्रीका तर्फबाट अधिवक्ताको बहस सकियो, सभामुख सापकोटाको शुरु

माघ २९ २०७७, बिहीबार

काठमाडौं । संसद बिघटन विरुद्धको रिटमा प्रधानमन्त्रीका तर्फको बहस गरिरहेका अधिवक्ताहरुको बोल्नेक्रम आजदेखि सकिएको छ । बहसको अन्तिम दिन बिहीबार सातजना कानुन व्यवासायीले बहस गरेका थिए । प्रधानमन्त्रीको तर्फबाट यो बहस गत माघ १९ गतेदेखि महान्यायाधिवक्ता अग्नि खरेलबाट सुरु भएको थियो ।

यसअघि दश दिनसम्म भएको बहसमा २४ जना न्यायाधिवक्ताले बहस गरेका थिए । प्रधानमन्त्रीका तर्फका अधिवक्ताको बहस सकिएलगत्तै सभामुख अग्निप्रसाद सापकोटा तर्फका अधिवक्ताको बहस सुरु भएको छ । सभामुख सापाकोटका तर्फबाट अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस सुरु गरेका छन् । संसद बिघटनविरुद्ध मुद्दामा सभामुख सापकोटालाई पनि विपक्षी बनाइएको छ ।