काठमाडौँ। नेकपा दाहाल – नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् । झाक्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी दिएपछि उनले आफैले गिरफ्तारी दिएकी हुन् ।
गोरखामा केही दिनअघि नेतृ झाँक्रीले राष्ट्रपति विरुद्ध गालीगलौज गरेको आरोप लगाउँदै नेकपा ओली समूहले विरोध गरेका थिए । उनलाई तत्काल पक्राउ गर्न भन्दै ओली समूह सम्बद्ध महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।