• बैशाख १६ २०८३, बुधबार

रु चार सयले ओरालो लाग्यो सुनको भाउ

माघ २९ २०७७, बिहीबार

२९ माघ, काठमाडौं । सुनको भाउ रु चार सयले ओरालो लागेको छ । बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य आजका लागि ९१ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजको १३१५ रुपैयाँ तोकिएको छ ।