• मंसिर १२ २०८१, बुधबार

म आफैं प्रहरीकोमा जाँदिनँ, आवश्यक परे पक्राउ पूर्जी लिएर आउनू : रामकुमारी झाँक्री

माघ २९ २०७७, बिहीबार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी( नेकपा) दाहाल -नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो झाँक्री नगएपछि उनलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको हो।

यो राजनीतिक मुद्दा भएकाले आफू प्रहरी कार्यालयमा नजाने झाक्रीको अडान छ । हामी सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमा सञ्चारकर्मी सँग कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।’

गोरखाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन्।

त्यस टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही माग गरेको थियो।