• बैशाख १३ २०८२, शनिबार

पछिल्लो १४ घण्टामा थप १ सय ३४ जनामा कोरोना सङ्क्रमण

माघ २८ २०७७, बुधबार

काठमाडौं, देशभर थप १ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ५६७ जनाको कोरोना परीक्षण गर्दा १ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ७५३ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ सय १८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।