विभाजित नेकपाका केन्द्रीय सदस्य महफुल अन्सारीले प्रतिनिधि सभा विघटनको मुद्धामा अदालतमा भएको भनिएको सेटिङको कडा शब्दमा विरोध जनाएका छन् ।
आज सो पार्टीले काठमाडौंमा गरेको आमसभालाई वक्ताकोरुपमा सम्बोधन गर्दै उनले यस्तो विरोध जनाएका हुन् । सभामा बोल्दै अन्सारीले प्रधानमनत्री केपी ओलीले जंगली शासन चलाएको आरोप पनि लगाए । जनतालाई कुनैपनि सूचना नदिएर एकाएक संसद भंग गर्ने काम निरंकुश भएको र त्यो दिनलाई कालो दिनकोरुपमा मनाउनु पर्ने उनको भनाइ रहेको थियो ।
एक प्रसंगमा उनले पूर्वराजा ज्ञानेन्द्र जस्तै केपी ओलीपनि पछुताउनु पर्ने दिन आउने उनको भनाइरहेको थियो । उनले मधेसी जनता यो प्रतिगमन नसच्चिएसम्ममा सडकमै रहने दावी पनि गरे ।