• मंसिर १२ २०८१, बुधबार

राष्ट्रपति भण्डारी केपी ओलीको सामान्य कार्यकर्ता हुन्ः विशंखे

माघ २८ २०७७, बुधबार

काठमाडौं । विभाजित नेकपाका केन्द्रीय सदस्य अञ्जना विशंखेले राष्ट्रपति विद्या भण्डारीले केपी ओलीको कार्यकर्ताको जस्तो गरी संसद भंग गर्नेकार्यमा सघाएको आरोप लगाइन् । राष्ट्रपति भण्डारी ओलीको सामान्य कार्यकर्ता भएको उनको आरोप थियो ।

दाहाल नेपाल समूहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभामा वक्ताकोरुपमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले रुकुममा गत वर्ष भएको नवराज विक लगायतका युवाहरुको हत्या र कञ्चनपुरमा भएको निर्मला पन्तका हत्यारालाई कारबाही गर्नेमा रामबहादुर थापाले बेवास्ता गरेको आराप पनि लगाइन् ।

केपी ओलीको प्रतिगमन विरुद्ध आफूहरु फेरि एकपटक सडकमा आएको उनको दावी थियो । सभा हाल पनि चलिरहेको छ । हजारौंको जुलस पछि सो जुलस सभामा परिणत भएको थियो ।