• बैशाख १३ २०८२, शनिबार

प्रचण्ड-नेपाल समूहको आमसभाले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

माघ २८ २०७७, बुधबार

काठमाडौँ। नेकपा दाहाल -नेपाल समूहको प्रदर्शनका कारण कार्यालय समयदेखि नै उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ । ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ ।

दाहाल -नेपाल समूहले आज बिहान ११ बजे राजधानीका ५ स्थानबाट जुलुस निकाल्दैछन्। र, सुन्धाराबाट मुल जुलुस निस्केर भृकुटीमण्डप जाँदैछ।

ती सबै स्थानका जुलुसहरूलाई केन्द्रीय नेताहरूले नेतृत्व गरेका छन्। भृकुटीमण्डपमा सभा हुने भएकाले त्यस आसपासको क्षेत्र प्रभावित बनिसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड-नेपाल पक्षले राजधानीमा गर्न लागेको विरोध प्रदर्शनले चक्रपथभित्रको ट्राफिक प्रभावित भएको हो।